विजयादशमी पर्व: जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको तयारी पूरा
२०८२ असोज ५ गते

काठमाडौं । विजयादशमी पर्वको अवसरमा जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ ।
जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम चरणमा रहेको छ ।
राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा पूजास्थलहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गरिएको छ ।
सजावटको कार्य अन्तिम चरणमा रहेको र पूजाकालागि समेत तयारी पूरा गरिसकिएको महावीर युवा कमिटीका पूर्वअध्यक्ष दीपक साहले जानकारी दिए ।
राम युवा कमिटीले समेत बौधीमाई मन्दिर र अमरखाना मन्दिरमा सजावट कार्य अन्तिम चरणमा पुर्याएको छ ।
२०८२ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








