ओमप्रकाश अर्याल बने गृहमन्त्री, शपथ भोली बिहान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ ।

बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त हुने पक्का भएको हो ।

स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्याल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) हुन् ।

तीनै मन्त्रीहरूको शपथ ग्रहण भोलि बिहान हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =