जेनजी आन्दोलनको नेतृत्व आन्दोलनकारीले नै गर्नुपर्छ : गोकुल बाँस्कोटा
२०८२ भदौ २७ गते

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘जेनजी’ आन्दोलनको नेतृत्व आन्दोलनकारी युवाहरूले नै गर्नुपर्नेमा जोड दिएका छन् । उनले देश अहिले एक ‘प्रयोगशाला’ बनेको भन्दै यसले दीर्घकालीन समाधान दिन नसक्ने टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बाँस्कोटाले भनेका छन्, ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो । किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्यांग्राको शिकार गर्न मुख बाउँछ ।’
बाँस्कोटाले जसको आन्दोलन हो, नेतृत्व पनि उसैले गर्नुपर्ने भन्दै ‘फेरि उत्खनन किन ?’ भन्दै प्रश्न उठाएका छन् ।
२०८२ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित








