सङ्खुवासभामा शुक्रवार बिहानसम्म कर्फ्यु
२०८२ भदौ २६ गते

सङ्खुवासभा । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्युआदेश आज साँझ ६ः०० बजेदेखि शुक्रवार बिहान ६ः०० बजेसम्म कायम रहनेछ ।
कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन ।
आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।
२०८२ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








