काठमाडौँको तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला

काठमाडौँ । काठमाडौँको तीनकुनेमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

बिहीबार तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

डिएसपी खतिवडाको अनुसार, अन्दाजी ३०-३५ वर्षका देखिने महिला र पुरुषको शव भेटिएको छ । अहिले घटनास्थल गएर मुचुल्का गर्ने काम भइरहेको र उनीहरूको परिचय खुल्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =