जेन–जीको आन्दोलन अराजक नबनोस् : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनप्रति प्रतिक्रिया जनाउँदै आन्दोलन अराजक र हिंसात्मक नबनोस् भन्ने आग्रह गरेका छन् ।

शाहको संवाद सचिवालयद्वारा सोमबार जारी वक्तव्यमा पूर्वराजाको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखीबक्सेको छ ।’

पूर्वराजाले आन्दोलनमा विदेशी हस्तक्षेप तथा घुसपैठ नहोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । सुशासन र आर्थिक अनुशासनको मागसहित भइरहेको आन्दोलनप्रति पूर्वराजाले सहानुभूति जनाउँदै त्यसको समाधान देशभित्रै खोजिनु पर्नेमा जोड दिएका छन् ।

‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको निकालियोस् भन्ने चाहना राखीबक्सेको छ’, वक्तव्यमा उल्लेख छ ।

पूर्वराजाले आन्दोलनमा सहभागी युवा पुस्तालाई ८‘देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी तथा युवा–युवतीहरू’८को संज्ञा दिँदै काठमाडौंसहित देशका प्रमुख सहरहरूमा देखिएको आक्रोशलाई बुझ्न आवश्यक रहेको बताएका छन् ।

आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वराजाले घटना शान्तिपूर्ण नेपाली समाजको मान्यता विपरीत भएको बताएका छन् ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घाइते पार्नु अत्यन्त दुःखद एवं निन्दनीय कार्य भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।’

वक्तव्यमा पूर्वराजा ज्ञानेन्द्र शाह देवलसहित सम्पूर्ण राजपरिवारले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =