सङ्खुवासभाको  मकालमा एक घरमा आगलागी

सङ्खुवासभा । सङ्खुवासभाको मकालगाउँपालिका–२ सेदुवामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गएराति आगलागीबाट मकाल–२ सेदुवामा दुर्गे शेर्पाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बूले बताए । आगलागीबाट लाखौँ रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

घरसँगै रहेको अलैँची भट्टीबाट सल्किएको आगोले घर जलेर नष्ट भएको प्रहरी निरीक्षक लिम्बूले बताए । आगलागीबाट शेर्पाको घरमा भएको खाद्यान्न, लत्ताकपडालगायत घरमा भएको सम्पूर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =