इटहरीमा पनि कर्फ्यू आदेश जारी
२०८२ भदौ २३ गते

काठमाडौँ । इटहरीमा कर्फ्यू आदेश जारी गरिएको छ ।
जेनजी प्रदर्शनकारीको इटहरीको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
सुनसरीका सिडिओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।
प्रदर्शनका क्रममा जेन–जी प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय र वरपरको भवनमाथि क्षति पुर्याएका थिए ।
सो पश्चात् प्रहरीले प्रदर्शनकारीहरूलाई उपमहानगरपालिकाको परिसरमा प्रवेश गर्न खोज्दा हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीहरूले बहुउद्देश्यीय सहकारीको भवनमा ढुंगामुढा गर्दै तोडफोड गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गर्दै दर्जनौँ राउण्ड गोली समेत प्रहार गरेको थियो ।

२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








