संसद भवनभित्र छिरेका जेनजी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो
२०८२ भदौ २३ गते

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र छिरेका जेनजी आन्दोलनकारीलाई प्रहरीले बाहिर निकालेको छ ।
सोमबार दिउँसो ‘जेनजी’ नामले परिचित युवाहरुले नयाँ बानेश्वर क्षेत्रका सडकमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए ।
सोही क्रममा करिब १०–१५ जना प्रदर्शनकारी संसद भवनको गेट पार गरी परिसरभित्र प्रवेश गरेका थिए ।
प्रदर्शनकारीहरू संसद परिसरभित्र प्रवेश गरेपछि सुरक्षाकर्मीहरूले तुरुन्तै हस्तक्षेप गर्दै उनीहरूलाई बाहिर निकालेका हुन् ।
यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै सोमबार मध्यान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि नयाँ बानेश्वर क्षेत्र वरपर कफ्र्यू आदेश जारी गरिसकेको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








