जेनजीको जुलुस संसद भवनतर्फ, बानेश्वरमा तनाव
२०८२ भदौ २३ गते

काठमाडौं । माइतीघर मण्डलाबाट सुरु भएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संघीय संसद भवनतर्फ अघि बढेको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेपछि बानेश्वर क्षेत्रमा अवस्था तनावग्रस्त बनेको हो ।
संसद भवन नजिक पुग्ने प्रयासमा रहेका केही युवाहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । तर, त्यसपछि पनि भिड नहटेकाले अवस्था थप जटिल बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपको अवस्था देखिएको छ ।
प्रदर्शनका क्रममा युवाहरूले प्रहरीमाथि पानीको बोतल प्रहार गरेका छन् । उनीहरूले काठमाडौं महानगर प्रमुख बालेन शाहको समर्थनमा र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूको जुलुस अझै तितरबितर भइसकेको छैन भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । परिस्थिति अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








