गोकणेश्वरबाट बाइक चोर्ने २३ वर्षीय सोनाम ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौंको गोकणेश्वर नगरपालिका ४ माकलबारी रत्नचोकबाट आइतबार मोटरसाईकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई हाल काठमाडौंको माकलबारी बस्ने २३ वर्षीय सोनाम दावा शेर्पा रहेका छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२- ०५३ प २८१०  रहेको मोटरसाईकलको  नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४५ प ६४०३ राखि चलाइरहेको अवस्था फेला पारी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाईकल रामेछाप घर भएका  पदम बहादुर थापा मगरले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । मोटरसाईकल सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए  ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =