देउवाको फेसबुक पोस्टमा बालेनको प्रहार- कुन VPN प्रयोग गर्नुभयो ?

काठमाडौं । नेपालमा फेसबुक प्रतिबन्धको सरकारी निर्णय कार्यान्वयनमा आएसँगै यस विषयमा सार्वजनिक बहस तीव्र बनेको छ । यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोस्टमाथि गरेको टिप्पणीले तरंग सिर्जना गरेको छ ।

बालेनले देउवाको पोस्टमाथि ‘यो पोस्ट कुन VPN बाट हो, नेपाली हो कि विदेशी ? सारै गाह्रो हुने रहेछ VPN बाट चलाउन त !!!’ भनी व्यंग्यात्मक प्रश्न गरेका छन् । 

देउवाको फेसबुक पोस्टमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उखु संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको उल्लेख छ । यस पोस्टमा देखिएका जनसहभागिता र कार्यक्रमको भव्यतालाई लिएर बालेनको टिप्पणीले सरकारको आफ्नै नीतिको खिल्ली उडाएको रूपमा लिइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनको टिप्पणीलाई ‘सटिक’, ‘साहसिक’ र ‘यथार्थपरक’ भन्दै समर्थन जनाएका छन् । यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरू तथा सरकारी अधिकारीहरू समेत फेसबुकमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =