मण्डलामा प्रकृतिको पीडा बोल्ने नाटक ‘खमारी…’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘खमारी, मौन संवाद’ को मञ्चन सुरु भएको छ । गत भदौ १९ गतेदेखि एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारी, मौन संवाद’ को मञ्चन सुरु भएको हो ।

यस नाटकमा हामी प्रकृतिबाट अलग होइनौँ, हामी त्यसकै अंश हौँ भन्नेकुरालाई नाटकीय ढंगमा प्रस्तुत गरिएको छ । जहाँ मानवीय लापरबाही र प्रदूषणका कारण माटोहरू बिरामी पर्छन् र बिरुवाहरू हुर्कन सक्दैनन् । जसले हाम्रो भविष्य नै खतरामा रहेको कुरालाई मौन रूपमा प्रस्तुत गरिएको छ ।

यस नाटकका परिकल्पनाकार तथा निर्देशक मणि के राई हुन् भने निर्माता जयराम ढकाल हुन् । त्यस्तै सहनिर्माता हातेसिप हुन् । नाटकमा कलाकारहरू सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको अभिनय रहेको छ ।

यो नाटक भदौ २९ गतेसम्म हरेक दिन ४:३० बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १२:३० बजे पनि मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =