ह्यात्तै बढ्यो मूल्य, प्रतितोला २ लाख १० हजार नाघ्यो

काठमाडौं । नेपाली बजार शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिनको तुलनामा आज २५ सय रुपैयाँले मूल्य बढेको छ । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =