मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा
२०८२ भदौ १९ गते

जनकपुर । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








