संसदीय समितिद्वारा त्रिभूवन विश्वविद्यालयको पुस्तकालयको अनुगमन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पुस्ताकालयको अनुगमन गरेको छ ।

समितिले बुधवार पुस्तकालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा पुस्तालयको व्यवस्थापन राम्रो रहेको देखिएको समितिका सदस्य युवराज शर्माले जानकारी दिए ।

उनले पछिल्लो समय पठन संस्कृति भने हटेको पाईएको बताए । समति सदस्य गोमादेवी तिमिल्सीनाले पुस्ताकलय व्यवस्थित रहेपनि अझै गर्न बाँकी धेरै कामहरु रहेको देखिएको बताइन् ।

उनले पुस्ताकालयमा भएका पुराना र ढुसी आएको पुस्तकहरुको व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख गरे ।

पुस्तकालयमा कर्मचारी अभाव भएको गुनासो आएको उल्लेख गर्दै उनले आवश्यक कर्मचारीको व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =