संविधान कार्यान्वयन सरकारको प्राथमिकतामा : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

संविधानको कार्यान्वयन, सुशासन कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानूनहरुलाई पूर्णता दिने र नयाँ ऐन निर्माणमा सरकार सक्रियताका साथ लागिरहेको जिकिर गरे ।

उनले आमाको नामबाट नागरिकता दिने प्रयोजनको लागि नागरिकतासम्बन्धी ऐन संशोधन गर्न लागिएको स्पष्ट पारे ।

बाबु नभएको तथा बाबुले अपनत्व नलिएको अवस्थामा सन्तानलाई आमाको नामबाटै नागरिकता दिनको लागि ऐन संशोधन गर्न लागिएको उनको जिकिर छ ।

बाबु विदेशी भएपनि नेपाली आमाबाट जन्मिएको सन्तानलाई अंगिकृत नागरिकता दिन सकिने व्यवस्था विधेयकमा समावेश गरिएको उनको भनाइ छ ।

उनले नागरिकको सेवाको सहजताका लागि थप २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको समेत बताए । विधेयकले ऐनको रुप लिइसकेपछि कोही पनि नागरिक नागरिकताबिहीन भएर बस्नु नपर्ने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =