राइटपाथको ‘एजुकेशन रोड शो–२०२५’ सम्पन्न, सयौँ विद्यार्थीले लिए सेवा (भिडिओ)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडकमा ‘एजुकेशन रोड शो –२०२५’ सम्पन्न भएको छ ।

शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार पुतलीसडक स्थित आफ्नै केन्द्रीय कार्यालयमा ‘एजुकेशन रोड शो’ सम्पन्न गरेको हो । ‘एजुकेशन रोड शो’मा पाँच सय भन्दा धेरै विद्यार्थीको सहभागिता थियो ।

रोड शोमा विद्यार्थीहरूले विदेशका विभिन्न शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटको अवसर पाएका थिए ।

 

एजुकेशन रोड शोमा संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियामा अध्ययनका विभिन्न अवसरहरूको बारेमा विद्यार्थीले जानकारी लिएका थिए । रोड शोमा सहभागी भएका विद्यार्थीलेहरु राइटपाइथले सुनौलो अवसर दिएको प्रतिक्रिया दिए ।

रोड शोमा सहभागी भएका विद्यार्थी सुवास विकले राइटपाथबाट उत्कृष्ट परामर्श पाएको बताए । उनले प्रशिक्षकले गाइड गर्ने गरेको र भविष्य निर्माणमा सहयोग पुगेको बताए । उनले आफू अस्ट्रेलिया जान चाहेको र यसका लागि राइटपाथले सहजीकरण गरिरहेको उनले सुनाए ।

 

यस्तै रोड शोमै सहभागी भएकी अर्की विद्यार्थी रेवती कटुवालले राइटपाथबाट राम्रो काउन्सिलिङ पाएको बताइन् । उनले यस्तो कार्यक्रमबाट विद्यार्थीलाई सुनौलो अवसर मिल्ने धारणा राखिन् । उनले राइटपाथमा आएर आफ्नो भविष्यको मार्ग तयार गर्न सबै विद्यार्थीलाई आग्रह गरिन् ।

राइटपाथको एजुकेशन रोड शो कार्यक्रममा परामर्श लिने विद्यार्थीको भिड नै लागेको थियो । विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले रोड शोमा सहभागिता जनाएर परामर्श लिएका थिए ।

एजुकेशन रोड शो कार्यक्रममा सहभागी भएकी राइटपाथकी ब्रान्ड एम्बेस्डर अस्मी श्रेष्ठले पनि रोड शोबाट सयौँ विद्यार्थीले फाइदा लिएको बताइन् ।

देशभरका विद्यार्थीले राइटपाथको सेवा लिएको बताउँदै उनले विद्यार्थीको सही छनोट राइटपाथ नै रहेको बताइन् । उनले राइटपाथबाट विदेश जान चाहने विद्यार्थीको सपना साकार पार्न योगदान दिइरहेको बताइन् ।

एजुकेशन रोड शोमा सहभागी हुने विद्यार्थीहरूले विशेष गरी छात्रवृत्तिहरू, निःशुल्क चलचित्र टिकटहरू, र आईएलटिएस र पिटिइका अफरहरू प्राप्त गरेका थिए । राइटपाथका सिइओ फिलिप डिसिले विद्यार्थीहरूका लागि विदेश अध्ययनको लागि अवसरहरूको खोजी गर्ने एक सुनौलो अवसर भएको बताए ।

उनले एजुकेशन रोड शोको अन्तिम दिनसम्म आइपुग्दा विद्यार्थीको उल्लेख्य सहभागिता रहेकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रममा सहभागी भएका विद्यार्थीमा सपना पुरा गर्ने हुटहुटी रहेको बताए ।

उनले विद्यार्थीको सपना सकार पार्न राइटपाथले योगदान गरिरहेको बताए । उनले कार्यक्रममा सहभागी भएर सेवा लिने विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद समेत ज्ञापन गरे ।

 

राइटपाथले एजुकेशन रोड सोमार्फत नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी शिक्षा र भविष्यका अवसरहरूका बारेमा जानकारी प्राप्त गर्न सहयोग गरेको छ ।

‘एजुकेशन रोड शो– २०२५’ यसअघि नै देशका विभिन्न स्थानहरूमा सम्पन्न भइसकेको छ । यसअघि, र्कितीपुरमा ३ सय भन्दा बढी, चितवनमा ५ सय भन्दा बढी र बुटवलमा ३ सय भन्दा बढी विद्यार्थीहरूले परामर्श लिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =