गोविन्द केसीले गेटामा बिरामीकै हातबाट जुस खाएर तोडे अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर डा. केसीले आज दिउँसो २ बजे सत्याग्रह समाप्त गरेका हुन् ।

गत आइतबारदेखि २२ औं अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएको थियो । मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएको र मांसपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

चिकित्सकहरूको सल्लाहमा पनि थप उपचारका लागि राजी नहुने उनी, आज बिरामीकै आग्रहमा अनसन तोडेका हुन् ।

डा. केसीले चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयको विरोधमा अनसन सुरु गरेका थिए । आयोगको साउन ३० गतेको बैठकले निजी मेडिकल कलेजहरूमा एमबीबीएस सिट संख्या १३० सम्म पु¥याउने निर्णय गरेपछि उनले त्यसलाई ’गुणस्तरविहीन र माफिया हितमा गरिएको निर्णय’ भन्दै अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =