मध्यपहाडी राजमार्ग अवरुद्ध
२०८२ भदौ १५ गते

फाइल तस्बिर
रुकुमपश्चिम । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।
२०८२ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








