इतिहास, युद्ध र रहस्यले भरिएको नाटक ‘काली पार’ को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा ऐतिहासिक नाटक ‘काली पार’ को मञ्चन भइरहेको छ । गत भदौ १२ गते बिहीबार देखि यस नाटकको मञ्चन सुरु भएको हो ।

‘काली पार’ पिरियड फिक्सनल ड्रामा हो । जहाँ युद्धकालीन परिवेशको चित्रण गरिएको छ । यस नाटक पहाडी भूगोलका बाइसे–चौबिसे जस्तै साना टुक्रे राज्यहरू (श्री काली साम्राज्य) रहेको अवस्थामा धरमपुरको राज्य बिस्तारको अभियान र कहिल्यै पराजित नभएको त्रिरत्नपुर (जगतपुर, रत्नकोट र नदीपुर) को टकराबको कथामा केन्द्रित छ ।

नाटकको सुरुवातमा तीन राजाहरूले जगतपुरको राजधानी तिनखाल दरबारको बैठक कोठामा युद्धको नतिजा पर्खिरहेका हुन्छन् । त्यसपछि विभिन्न रोचक उतारचढावहरूका बीच नाटक अगाडी बढ्छ । जसले दर्शकहरूमाझ कौतुहलताको सृजना गर्छ । यस नाटकले राजा–भारदारहरू बीच राज्यसत्तालाई लिएर हुने गुटबन्दी र बेमेलको स्थितिलाई देखाएको छ ।

मुक्तिले लेखेका यस नाटकलाई मुक्ति र प्रवीणले निर्देशन गरेका हुन् । जसलाई पत्र–मञ्जूषाले प्रस्तुत गरेको हो । यो नाटक असोज ४ गतेसम्म मंगलबार बाहेक हरेक दिन साँझ ५ :१५ मा मञ्चन हुनेछ । साथै शनिवार १ बजे पनि अतिरिक्त मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =