कैलाली कारागारका एक थुनुवाको मृत्यु
२०८२ भदौ ९ गते

कैलाली । कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए । उनले मृत्युको कारण भने खुल्न नसकेको बताए ।
मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ ।
२०८२ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








