‘विद्यार्थीको आवाज सार्वभौमसत्तामा सम्झौता अस्वीकार्य’ (तस्बिरहरू)
२०८२ भदौ ९ गते

काठमाडौँ । ‘भारत–चिनको व्यापार अस्वीकार्य–लिपुलेक हाम्रो गौरव’ भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
सोमबार नेविसंघ केन्द्रीय समितिले माइतीघर मण्डलामा उक्त विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले नेपालको सार्वभौमसत्ताको रक्षा गर्न माग गरेका छन् ।
उनीहरूको जमिनमा रातो अबिरले नेपालको नक्सा र झण्डाको चित्र कोरेका छन् ।
उनीहरू नारा लेखिएको पर्चासहित प्रदर्शनमा सहभागी भएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ भदौ ९ गते
प्रतिक्रिया








