सक्रिय बाल क्लब पोखरिया मा.वि.द्वारा टिबी सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
२०८२ भदौ ८ गते

काठमाडौं । सक्रिय बाल क्लब, पोखरिया माध्यमिक विद्यालयको आयोजनामा कक्षा ४, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी दुई दिने क्षयरोग (टिबी) सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शुक्रबारदेखि सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नर्स प्रितिभा बज्गाईँले टिबी रोग, यसको कारण, लक्षण, रोकथाम र उपचारका विषयमा विद्यार्थीहरूलाई जानकारी दिँदै निरन्तर मार्गदर्शन गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूले रोगप्रति चेतना बढेको अनुभव गरेका छन् ।
यस अवसरमा क्लब संरक्षक रीता पाठक दाहालको निरन्तर सहयोग तथा विद्यालय प्रशासनको सहकार्यप्रति विशेष आभार व्यक्त गरिएको छ ।
बाल क्लबका उपाध्यक्ष रोशन मेहताका अनुसार, कार्यक्रमले विद्यार्थीहरू तथा उनीहरूको माध्यमबाट समुदायमा टिबीसम्बन्धी सही जानकारी पु¥याउने र व्यवहारमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
२०८२ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित









