साथीहरु नेता भन्छन् तर मेरो सदस्यमै च्यासलले प्रश्न उठायो : भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताएकी छन् ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताइन् ।

राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताइन् । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उनको भनाइ छ ।

आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नि । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =