मधेसमा विद्युतको प्रभावकारी वितरण गर्न उर्जामन्त्रीको निर्देशन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेस प्रदेशमा विद्युतको प्रभावकारी वितरणका लागि निर्देशन दिएका छन् ।

बिहीवार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा विद्युत आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुगेका मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् ।

उनले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिए । उनले मधेस प्रदेशमा विद्युत चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए ।

उनले पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरु मर्मत गर्न पनि निर्देशन दिए । सहज र सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत प्रशारण गर्न आग्रह गरे ।

मन्त्री खड्काले धान रोपिसकेपछि पानीको अभाव हुने कुरालाई ध्यानमा राखेर नहर बनाउने र पुराना संरचनालाई दुरुस्त बनाउने काम गर्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =