शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे ।

उनले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताए । प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताए ।

नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भन्दै प्रश्न गरे । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको बताए । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने बताए ।

महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरुको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताए ।

नेपालको चुनौति राजनीतिक अस्थिरता भएको बताए । नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =