प्रधानमन्त्रीसँगको आजको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आजका लागि तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री स्वास्थ्यका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।

सभामुखको सचिवालयका अनुसार बर्तौलाले प्रधानमन्त्रीको अनुपस्थितिका कारण आजको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको जानकारी बैठकमा दिएका थिए ।

यससँगै आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । अब उक्त कार्यक्रम कहिले हुने भन्नेबारेमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =