तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना थियो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे पहिलोपटक मुख खोलेका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त दिन आफूलाई इन्काउन्टर गर्ने योजना रहेको दाबी गरेका छन् । ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ,’ प्रसाईंले भने ‘किनभने यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरूको चान्स आउँदैन थियो । त्यसैले मदन भण्डारीलाई पनि मारियो ।’

दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सो दिन १० वर्षपछि पहिलो पटक गाडी चलाएको बताए । ‘म गाडी लिएर प्रहरीकहाँ गएँ,’ उनले भने, ‘मार्ने योजना भए पनि एक–दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ ।’

प्रहरी कार्यालय पुगेपछि आफूलाई एक जना डीएसपीले कार्यक्रम सकाएर जान सुझाएको उनले बताए । त्यसपछि मञ्चमा पुगेर उनले प्रहरी र आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह गरेका थिए । ‘मैले मञ्चमै भनेँ, प्रहरीले अश्रुग्यास नहान्नुस्, जनताले पनि ढुंगामुढा नगर्नुस्,’ प्रसाईंले सुनाए ।

प्रसाईंका अनुसार सोही दिन एक जना सिभिल प्रहरीले उनलाई हत्या योजना रहेको जानकारी गराएका थिए । ‘त्यसपछि म उपत्यका नै छाडेँ,’ उनले भने, ‘कफ्र्यु लगिँदा म काठमाडौंमै थिइनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =