डिशहोम र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच साझेदारी, ग्राहकलाई देशभर छुट

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत नेपालकै चर्चित फास्ट–फुड ब्रान्ड द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन सँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै डिशहोमका सक्रिय ग्राहकहरूले देशभर रहेका १५८ आउटलेटहरूमा फूड तथा बेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

डिशहोमले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न भर्चुअल प्रिभिलेज कार्ड सुरु गरेको हो । यो कार्ड माइ डिशहोम एप मार्फत मात्र उपलब्ध हुनेछ । कार्ड देखाएर ग्राहकले जुनसुकै आउटलेटमा छुट प्राप्त गर्न सक्नेछन् ।

‘यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,’ डिशहोमका सीईओ तारा मानन्धरले भने ।

छुट लिनका लागि ग्राहकले यस्ता चरणहरू पुरा गर्नुपर्नेछः

माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,

दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्ने,

एपको होमपेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्ने, र

आउटलेटमा उक्त कार्ड देखाएर छुट प्राप्त गर्ने।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन नेपालभर फैलिएको लोकप्रिय फास्ट–फूड चेन हो, जुन स्वादिलो बर्गर, क्रन्ची चिकेन र विविध परिकारका लागि चिनिन्छ ।

डिशहोमले निकट भविष्यमा डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा थप ब्रान्डहरूलाई प्रिभिलेज कार्डमा समावेश गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =