व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पुर्‍याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार शुन्यमा पु¥याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पारे ।

त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताए । मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताए ।

‘भ्रष्टाचार शुन्यमा पु¥याउन सक्छौँ । तर यो कानून कार्यान्वयनबाट हुनेकुराबाट शुन्यमा पुर्‍याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिवद्धता लियो भने सबै समस्या समाधान हुन्छ,’ उनले भने, ‘कानूनले पत्ता लगाएर, कानून कार्यान्वयन गर्दा कानूनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानूनबाटै समाधान गर्छु भन्नेकुरा होइन । यसलाई कानून कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानूनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेशन हो’

गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्नसके राम्रो हुने बताए ।

प्रधानमन्त्री ओलीले मानव मष्तिस्क भन्दा ठूलो कुरा श्रृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गरे ।

उनले भने ‘मान्छेको गुणवत्ता वृद्धि गर्नेकुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्नेकुरा पनि हो । सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =