अवरुद्ध राजमार्ग १३ घण्टापछि खुल्यो

बैतडी । जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडक खण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =