विभेद हटाउन सशक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सबै खाले विभेद र असमानता हटाउन सशक्त संरचना निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज यहाँ आयोजित दलित समुदायको हक अधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको अध्ययनसम्बन्धी प्रस्तुति तथा छलफलमा उहाँले धेरै संरचना हुँदा काममा समन्वय भन्दा अन्योलता हुने भएकाले अब बन्ने कानुनमा सशक्त र शक्तिशालि संरचना बनाउनुपर्ने बताइन् ।

देशमा व्याप्त विभेद् र असमानता हटाएर गणतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाइ थियो । दलितसम्बन्धी कानुन आवश्यक भएको र त्यसलाई चाँडो बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले भनिन् ‘दलित अधिकारको सम्बन्धमा संविधानमा भएका व्यवस्था र प्रचलित कानुनको आधारमा ऐन बनाउछौँ ।’ बन्न बाँकी ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड छ ।

उक्त कार्यक्रममा दलित अधिकारकर्मी सुशील विकेले दलित समुदायको अधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको अध्ययनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =