क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

काठमाडौँ । युनिलिभर नेपालले आज लाखौँ फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (इपिएल) सामु नजिक ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ।

यो साझेदारी विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब भएको युनिलिभरले जनाएको छ ।

युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ। कम्पनीका अनुसार यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वर्ल्ड कप समेत समावेश छ। साथै, यसले UEFA European Championship २०२४ र आउँदो UEFA European Women’s Championship २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ। यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वासलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ । फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ । इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकहरूले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष महसुस गर्न सक्ने बताइएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने ‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ। कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौँ । यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ । देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोसलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुसी छौँ।’

प्रमुख कान्तिपुर मिडिया ग्रुप कार्यकारी अधिकृत महेश स्वरले भने ‘युुनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो।’

युनिलिभर नेपाल, विश्वकै प्रमुख सौन्दर्य तथा व्यक्तिगत स्याहार, घरेलु सामग्री, खाद्यान्न तथा पेय पदार्थको उत्पादक युनिलिभर समूहको एक हिस्सा हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =