नेपालमा योग्य मान्छेहरूको अभाव भइसक्यो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा.प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताएका छन् ।
बुधवार अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालमा योग्य मान्छेहरूको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताएका हुन् । उनकाअनुसार विदेशबाट पिआरहरू छाडेर नेपाल जो छोडेर आउँछु भन्छन्, त्यस्ता योग्य मान्छेहरूलाई बिना सर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरु जोखिम मोलेर आउन नचाहिरहेको उनको भनाइ रहेको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका महतले भने –‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं । यो पिआर हुने बित्तिकै नेपालमा जागिर खान तीन महिना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन । अस्ति भर्खरै इङल्याण्डमा क्यानडाको प्रधानमन्त्री बने । इन्डियामा रघुरमन गभर्नर थिए । उनीसँग अमेरिकाको पिआर नै थियो । उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए । पिआर भनेको केही होइन । पिआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो । त्यो भन्दा अरु केही पनि होइन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौं ।’
उनले सार्वजनिक पद धारण गर्न तीन महिना अघि नै विदेशी पिआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताए । महतकाअनुसार तीन महिना अघावै नेपालमा पिआर छाडेर आउनेलाई कामको ज्ञारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पिआर छाडेर आउन तयार नहुने उनको भनाई रहेको छ ।








