करेन्ट लागेर एकको मृत्यु
२०८२ साउन २८ गते

सांकेतिक तस्वीर।
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








