फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ साउन २८ गते

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
बुधबार सुन तोलामा तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने २० रुपैयाले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा २ हजार ३०५ कायम भएको थियो ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








