कुलिङ अफ पिरियडको प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ : बडू (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ अफ पिरियड संसदीय छानविन समितिको प्रतिवेदनको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले नैतिक र राजनीतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएको उल्लेख गरे ।

उनले प्रतिवेदनले किटान गरेका अन्य व्यक्तिहरुमाथि कानूनी कारबाही हुनुपर्ने बताए । कर्मचारीको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुनेगरी अर्को दफा थपिएपछि संसदीय छानविन समिति गठन गरिएको थियो ।

समितिको प्रतिवेदनको आधारमा समिति सभापति खतिवडाले मंगलवार राजीनामा घोषणा गरेका थिए । सांसद बडूले प्रतिवेदनको पूर्ण कार्यान्वयनको प्रतिक्षामा रहेको बताए ।

सञ्चारकर्मीले समिति सभापतिमा तपाईको सम्भावना कति छ ? भनेर सोधेको प्रश्न भने बडूले नकारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =