भेटिएनन् महाकालीमा बेपत्ता बालिका
२०८२ साउन २७ गते

कञ्चनपुर । महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ ।
आइतबार दिउँसो भीमदत्त नगरपालिका–१२ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
आइतबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा स्थानीयले खोजतलास गरे पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेको हो । ‘नुहाउने क्रममा बगेर बेपत्ता भएका दुई बालिकाको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन’, उनले भने, ‘आज तेस्रो दिन पनि महाकाली नदीमा खोजी कार्य जारी छ ।’ उनका अनुसार महाकाली नदीमा नुहाउने क्रममा भीमदत्त–११ का मुकेश पन्तकी ६ वर्षीया छोरी सानवी र सोही ठाउँका पदमराज पन्तकी ८ वर्षीया छोरी जीविका पन्त महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।
२०८२ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








