गठबन्धन गरेर चुनाव लड्ने परिपाटीको अन्त्य हुनुपर्दछ : सांसद अर्याल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले गठबन्धन गरेर चुनाव लड्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएकी छन् ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले राम्रो काम गर्ने राजनितिक दललाई जनताले नै राम्रो हैसियतमा पु¥याउने बताइन् ।

उनले गठबन्धन गरेर चुनाव लड्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । दलहरुले गठबन्धन गरेर चुनाव लड्ने परिपाटीले महिला, दलित, जनजाती, सिमान्तकृत, अल्पसंख्यकहरुले पाउन अवसरबाट उनीहरु वञ्चित हुनुपरेको उनको भनाई छ ।

उनले भनिन्– ‘गठबन्धन गरेर चुनाव लड्ने परिपाटीको अन्त्य हुनुपर्दछ । आफ्नो आफ्नो पार्टीले हैसियत हेरोस् न । तब न पार्टीले राम्रो काम गर्छ । गठबन्धन नै हटाईदिउ । जो जुन हैसियतमा हुन्छ, त्यो पार्टी आउँछ । जसले जनतामा आफुलाई स्थापित गर्न सकेको छ त्यो पार्टी माथी आउँछ । गठबन्धन भन्ने कुरालाई अन्त्य गरौँ । त्यो अन्त्य नगरिकन दलित, महिला, जनजाती अल्पसंख्यकले पाउन अवसरहरु चाँही गुम्दै गएको छ ।’

उनले आन्दोलन, संघर्षका बेलामा मात्रै महिला, दलित, महिला, जनजाती, अल्पसंख्यकलका अधिकारका कुरा गर्ने तर अवसर आएको बेलामा उनीहरुलाई वञ्चित गरिने गरिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =