काठमाडौमा अष्ट्रेलियन एजुकेशन फेयर हुने
२०८२ साउन २६ गते

काठमाडौं । ग्लोवल रिचले काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ ।
अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो ।
संस्थाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एजुकेशन फेयरको बारेमा जानकारी गरायो ।
मेलामा अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी भएर नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा, सुविद्या, छात्रवृत्ति लगायतका बारेमा जानकारी गराउनेछन् ।
विद्यार्थीले अष्ट्रेलियामा पुगेर कुनै झमेलामा नपरोस् भन्ने उद्देश्यले मेला गर्न लागेको ग्लोवल रिचका प्रतिनिधि प्रिया देवानले बताए ।
ग्लोवल रिचले काठमाडौसँगै चितवन, पोखरा, बुटवल, विर्तामोड र ललितपुरका शाखाहरुमा पनि फेयर आयोजना गर्ने जनाएको छ ।
२०८२ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








