रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

काठमाडाैं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिहाइसम्बन्धी निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा सुनुवाइ सम्पन्न भएको छ । अब अदालतले आजै आदेश सुनाउने उच्च सम्भावना देखिएको छ ।

लामिछानेले साउन १९ गते अदालतमा बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ऐनको दफा ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरिएको थियो ।

न्यायाधीश नारायण सापकोटाको इजलासमा आज भएको सुनुवाइमा निवेदक र सरकारी पक्षका वकिलहरूबीच बहस सकिएसँगै आदेशको चरणमा पुगेको हो । अब अदालतले लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ ।

यसअघि साउन १९ गते निवेदन दर्ता भएपछि न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षलाई पेशीको सूचना दिएको थियो । तर साउन २० र २१ गते चढाइएको पूरक पेशी न्यायाधीश प्रल्हाद कुमार योगी र दिपेन्द्र थापा मगरको इजलासमा क्रमशः स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =