सुनसरी सवारी दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, २३ घाइते

काठमाडौँ । सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान ठोक्किएको थियो ।

मृतक तीन जनाको पहिचान भइसकेको छ ।

उक्त दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादवको मृत्यु भएको हो ।

मृतक महिलाको भने पहिचान खुलेको छैन ।

घाइतेको विवरण

१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।

२, खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार ।

३, खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।

४,सप्तरी मन्धेव गापा– ६ बस्ने रवीन्द्र प्रसाद मण्डल ।

५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।

६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा

७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।

८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।

९, ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई ।

१० सप्तरीका रवीन्द्र मेहता ।

११, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।

१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी ।

१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी

१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।

१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय

१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।

१७, सप्तरी राजविराज– १२ का ४४ वर्षिय प्रमोद रजक ।

१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।

१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव

२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदीप यादव ।

२१, सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास

२२, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय

२३, सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =