अष्टिम्की पर्वको अवसरमा काठमाडौंमा चित्रकला कार्यशाला

काठमाडौं । पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले मनाउने पर्व अष्टिकीको अवसरमा काठमाडौंमा चित्रकला कार्यशाला भएको छ ।

आसन्न अष्टिम्की पर्वको अवसरमा अग्रासन थारु महिला समाज, काठमाडौं र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अष्टिम्की चित्रकला कार्यशाला गोष्ठी भएको हो ।

पश्चिम नेपालका थारु समुदायका महिलाले कृष्ण जन्माष्टमीलाई आफ्नै मौलिक तरिकाले अष्टिम्की पर्वका रूपमा मनाउने परम्परा रही आएको छ ।

अष्टिम्की आउन एक हप्ता अगाडीदेखि थारु महिलाहरुले यस पर्वको तयारीमा जुटेका छन् । अग्रासन थारु महिला समाजकी अध्यक्ष चम्पा चौधरीले थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यस दिनमा विशेष गरी नयाँ कपडा (रातो, कालो चोली, सेतो गुन्यु) र थरथरिका गहनाको लगाउने तयारी भइरहेको बताइन् ।

उनले अग्रासनको साँझ पूजा गर्दा कोरिएका चित्रहरुमा पूर्जा गर्नुपर्ने परम्परा रहिआएको बताइन् ।

अग्रासनकै दिन पुरुष मान्छेले कोर्ने चित्रहरुमा पूजा गर्ने चलन रहेकोले चित्रकला कार्यशालाको आयोजना गरिएको बताइन् । कलाको संरक्षण र पुस्तान्तरणका लागि कार्यशाला आयोजना गरिएको उनको भनाइ छ ।

उक्त पर्वले सामुदायिक एकता, सांस्कृतिक संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भुमिका खेलेको अध्यक्ष चौधरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =