विशेष अफरसहित म्याक्ससको मिफा ७ बिक्री सुरु

काठमाडौँ । भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो मा Maxus MIFA 7 MPV विद्युतीय कार unveiled गरिएको छ।

सात सिट क्षमताको यो लक्जरी MPV लाई Maxus को नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो।

हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। यो Mifa7 नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ।

साथै यो अटो एक्सपो भरि Mifa7 बुक गर्ने ग्राहकहरूलाई १० लाख रुपैयाँ र eTerron9 पिकअप बुक गर्नेलाई रु ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको कुरा यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए । ७ सिटर Mifa 7 को मूल्य १ करोड २५ लाख रुपैयाँ र eTerron9 डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले
जनाएको छ।

कम्पनीका अनुसार ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको Maxus MIFA 7 ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, AEB, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले Euro NCAP, C-NCAP, A-NCAP मा ५ स्टार रेटिङ पाएको छ। यस गाडीको 90 KWH को उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ।

प्रिमियम डुयल इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठुलो साइजको प्यानोरामिक सनरूफ, हाई-परफर्मेन्स 180 KW इलेक्ट्रिक मोटर टर्क, मसाज सिट समेत यस गाडीको विशेषता रहेको कम्पनीले जनाएको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो MAXUS MIFA7 इलेक्ट्रिक MPV ले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यावसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ। थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =