एससिटि–युनियनपे कार्ड ग्राहकहरूलाई सोल्टी होटल्समा विशेष छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्स को सोल्टी हेरिटेज क्लब बिच SCT-UnionPay कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात् यही अगस्ट ५, २०२५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा SCT-UnionPay कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप अन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुविधाहरू पाउनेछन् ।

यस छुटमा फुड एंड बेभेरेजमा १० प्रतिशत छुट, विशेष रुम महसुल दर साथै birthday र anniversary मा २० प्रतिशत विशेष छुट हुने कम्पनीले जनाएको छ । यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनु पर्ने हुन्छ । सो सदस्यता लिन निः शुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको आधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेशनबाट सजिलै लिन सक्नेछन् ।

कम्पनीका अनुसार एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटि –युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससिटि –युनियनपे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटि –युनियनपे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =