क्लासिक टेकले सुरु गर्यो नेपाल भरी सर्भिस सपोर्ट क्याम्प !

काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्ट क्याम्प सञ्चालन गरेको छ।

ग्राहकहरूलाई इन्टरनेट सम्बन्धी आउने गरेको समस्यालाई मध्यनजर गर्दै ,सपोर्ट क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले बताएको छ।

सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेट सम्बन्धी चेतना मूलक सन्देश , तुरुन्त फिल्ड सपोर्ट,राउटर सट्टा, स्पिड टेस्ट ,फाइबर परिवर्तन, सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फत ग्राहकलाई सेवा दिन लागेको हो। सपोर्ट क्याम्पमा सम्बन्धी क्षेत्रको प्राविधिक प्रमुख ,शाखा प्रमुख लगायतको टोलीको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

सपोर्ट क्याम्प संचालन हुने समय र स्थान

देशैभरि सञ्चालन हुने सपोर्ट क्याम्पबाट कम्तीमा पनि हरेक ठाउँबाट ५० जना ग्राहकलाई सेवा दिन सकिने कम्पनीको लक्ष्य रहेको बताइएको छ।

इन्टरनेट समस्या समाधानलाई प्राथमिकता दिँदै सुरु गरिएको उक्त सपोर्ट क्याम्पमा आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन र सपोर्ट क्याम्पबारे जानकारी लिन क्लासिक टेकको आधिकारिक फेसबुक पेज, वेब साइड, क्लासिक टेक मोबाइल एप्लिकेशन, वा ९८०१००६६३३ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =