नेपालमा शाओमी टिभी : नयाँ प्रविधि र प्रतिस्पर्धी मूल्य

काठमाडौँ । पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय परिवर्तन देखिएको छ । प्रविधिमा चासो राख्ने मात्र होइन, आम उपभोक्तासमेत अहिले स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका छन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरूमध्ये शाओमी पनि एक हो ।

नेपालको सन्दर्भमा शाओमीले स्मार्टफोनबाट सुरु गरेको उपस्थिति अहिले स्मार्ट टिभी सेग्मेन्टमा समेत प्रभावशाली बन्दै गएको कम्पनीले जनाएको छ ।

प्रविधि, पहुँच र डिजाइनको सन्तुलनस् शाओमीका टिभीहरू नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डहरूसँग तुलना गर्दा, मूल्य र गुणस्तरको हिसाबले सन्तुलित भएको कम्पनीको दाबी छ । साना कोठाका लागि HD र Full HD टिभी, अनि ठुला मनोरञ्जन कक्ष वा लिभिङ रूमका लागि टिभीहरू सबै खालका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यी सबै मोडेलमा गुगल टिभी, क्रोमकास्ट, गुगल असिस्टेन्ट जस्ता अत्याधुनिक स्मार्ट फिचरहरू छन्, जसले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र समृद्ध बनाउने कम्पनीले जनाएको छ ।

मूल्यअनुसार मोडेलहरू :

Xiaomi TV A Pro 32 HD (रू. २९,९९९) : साना कोठा, छात्रावास वा एकल बसोबासमा रहेका व्यक्तिका लागि उपयुक्त । ३२ इन्चको HD डिस्प्ले, गुगल टिभी र आकर्षक बेजेलरहित डिजाइनसहित सुरु हुने यो मोडेल शाओमीको बजेट–अनुकूल सुरुवाती विकल्प हो ।

Xiaomi TV A 43 FHD (रू. ४९,९९९) : थप स्पष्टता र स्मार्ट फिचर खोज्ने उपभोक्ताका लागि Full HD। डिस्प्ले, फार–फिल्ड माइक्रोफोन र साउन्ड सिस्टमले यो मोडेललाई मध्य–स्तरको प्रभावशाली टिभी बनाएको छ ।

Xiaomi TV A Pro 43 (रू. ५४,९९९) : 4K QLED प्रविधिसहित सानो साइजमा उच्च दृश्य अनुभव चाहनेहरूको रोजाइ । स्टोरेज, र RAM अपरेटिङ सिस्टमको संयोजनले यो मोडेललाई ‘पावरफुल मिनी होम थिएटर’ को रूपमा प्रस्तुत गर्दछ ।

Xiaomi TV A 55  (रू. ७९,९९९) : परिवारका लागि उपयुक्त मध्यम आकारको 4K टिभी, जसमा Dolby Audio, Chromecast,16 GB ROM जस्ता सुविधा छन् । ठुलो स्क्रिन, शक्तिशाली अडियो र सहज इन्टरफेसले यसलाई होम इन्टरटेनमेन्टको केन्द्र बनाउँछ ।

Xiaomi TV A Pro 65  (रू. १,१४,९९९) ठुला कोठा वा भेला हुने ठाउँका लागि लक्षित ६५ इन्चको 4K डिस्प्ले, १६ GB स्टोरेज, DTS र Dolby  म्यदिथ साउन्ड सपोर्टसहित शाओमीको उच्च श्रेणीको विकल्प ।

Xiaomi TV A Pro 65  (रू. १,१९,९९९) : डिजाइनप्रेमी र उच्च प्रदर्शन चाहनेहरूका लागि । QLED प्यानल, अल्ट्रा हाई रेजोल्युसन, बेजेलरहित मेटल फ्रेम र साउन्ड सिस्टमले यो मोडेललाई सौन्दर्य र कार्यदक्षताको संयोजन बनाएको छ ।

प्रत्येक मोडेलले प्रयोगकर्ता अनुकूलता, प्रविधिको समायोजन र मूल्य सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

स्मार्ट टिभी खरिद गर्ने चाहने ग्राहकहरूले शाओमीका यी मोडेलहरू आवश्यकताअनुसार छनोट गर्न मिल्ने उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =