एनआईसी एशिया बैंकका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा १०% छुट
२०८२ साउन २१ गते

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । हिमालय दृश्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
२०८२ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








