प्रदेश प्रमुखद्वारा चारवटा विधेयक प्रमाणीकरण

बाग्मती । बाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित चारवटा विधेयक आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले ती सबै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।

ती चारवटै विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =